१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025

गौरीशंकरको टोपाटारमा पहिरोः तीनजना बेपत्ता, तीनजनाको उद्धार


१९ श्रावण २०८०, शुक्रबार  

256
Shares

चरिकोट । दोलखाको गौरीशंकर गाउँपालिका–८ टोपाटारमा पहिरोले घर बगाउँदा तीन जना बेपत्ता भएका छन् ।

तीन जनाको घाइते अवस्थामा उद्धार गरिएको वडा अध्यक्ष दावाा शेर्पाले जानकारी दिए ।

वडा अध्यक्ष शेर्पाका अनुसार टोपाटारमा ३ घर पुरिएको छ । यस क्षेत्रको धेरै घर जोखिममा रहेको छ ।

साथै, उक्त वडाको सल्ले गाउँको २ घर बगाएको छ । १५ घर विस्थापित भएको छ । तथ्यगत विवरण भने आउँन बाँकी रहेको छ ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  २ : ३० बजे