११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025

प्रधानमन्त्री कृषि आधुनिकीकरणको कार्यालयमा तालाबन्दी


१६ श्रावण २०८०, मंगलबार  

214
Shares

M.D.

चरिकोट । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको कार्यालय चरिकोटमा ताला लगाइएको छ ।

उक्त परियोजनाको कार्यालय चरिकोटबाट मन्थली रामेछाप सार्ने निर्णय भएपछि नागरिक समाजले ताला लगाएको हो ।

नागरिक समाजले मंगलबार दुई बुँदेमागसहित तालाबन्दी गरेका हुन् ।

तालाबन्दी गरिएको सूचना यस्तो छ :

१ यस कार्यालयलाई रामेछाप मन्थली सार्ने निर्णय तत्काल खारेज गरी चरिकोटबाटै यथावत सञ्चालन गरियोस ।

२ जनताको जनजीवनसँग जोडिएका संघ तथा प्रदेश सरकार अन्तरगतका हरेक कार्यालय प्रत्येक जिल्ला सदरमुकाममा स्थापना गरियोस ।

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार  ७ : २७ बजे