चरिकोट । राप्रपा दोलखाले नविन राप्रपा कार्ययोजना २०८० कार्यन्वय अभियान थालेको छ । राप्रपा दोलखाले काठमाडौं उपत्यकामा बसोबास गर्ने राप्रपा शुभेच्छुक, शुभचिन्तक र सदस्यहरुबीच उक्त अभियान थालेको हो ।
राप्रपाले नव परिकल्पना, नव परिचय र नव प्रस्तुतीका साथ घरदैलो अभियान घोषणा गरेको थियो ।
आज (असार १५) दोलखाबाट काठमाडौं उपत्यका बस्दै आएका सम्पर्क समाजका वरिष्ठ उपाध्यक्ष निरोज कोइरालाको अध्यक्षतामा बैठक बसको छ ।
बैठकले दोलखाबाट केन्द्रीय सदस्यमा मनोनि भएका राजन खतिवडालाई बधाई दिदै जिल्ला, नगर, पालिकाका कार्यसमितिलाई क्रियाशिल बनाउने र सदस्य नविकरण गर्ने निर्णय गरिएको छ ।
साथै गौरीशकर गाउँपालिकामा पाटिको तर्फबाट पालिका उपाध्यक्षमा उम्मेवार उठाउने निर्णय गरिएको छ ।