११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025

बाढि पहिरोमा तारादल गणको उद्धार अभ्यास


१० श्रावण २०८०, बुधबार  

196
Shares

चरिकोट । बर्षातको समयमा बाढि तथा पहिरोबाट हुने धनजनको क्षति न्युनिकरणका लागि तारादल गणको नेतृत्वमा विपत उद्धार कार्य अभ्यास गरीएको छ ।

भीमेश्वर नगरपालिकाको वडा नम्बर ६ स्थित भूत पोखरी क्षेत्रमा बुधबार उक्त अभ्यास गरीएको हो ।

‘तयारी, प्रतिक्रिया, पुर्नस्थापना र न्युनिकरण नामकरण दिएर उक्त अभ्यास गरीएको तारादल गणले जनाएको छ । तारादल गणले बाढि पहिरोको समयमा कसरी सुरक्षित रहने र जोखिमबाट बच्ने विषयमा सरोकारवाला निकायका प्रमुखहरुलाई विफ्रिङ समेत गरेका थिए ।

भीमेश्वर नगर आपतकालिन कार्यसञ्चालन केन्द्रका सम्पर्क व्यक्ति अरुण खड्काले दोलखामा रहेका सबै सरोकारवाला निकायहरुको संयुक्त आयोजनामा उक्त ‘कृत्रिम घटना र उद्धार अभ्यास’ गरिएको जानकारी दिए ।

‘अहिले बर्षातको सिजन छ । अत्यधिक बर्षात भइरहेको छ । विगतको घटनाहरुले पनि हामीलाई तयारीमा रहन सचेत गराउँछ,’ खड्काले गौरीशकर न्यूजसँग भने,‘यसकारण प्राकृतिक विपदमा कसरी टिमवर्क गरेर उद्धार गर्न सकिन्छ भन्ने प्रयास हो ।’

भीरमुनिको गाउँ त्यसमाथि खोला भएको ठाउँको उद्धार कसरी गर्न सकिन्छ भनेर भूतपोखरी आसपासको क्षेत्रमा कृत्रिम घटना र उद्धार कार्य गरीएको खड्काले बताए ।

उक्त विपद उद्धार अभ्यासमा जिल्ला प्रशासन कार्यलय, भिमेश्वर नगरपालिका, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल, नेपाल रेडक्रस सोसाइटि र स्काउटको टिम रहेको थियो ।

साथै, आगलागीबाट धनजनको क्षति रोक्नका लागि समेत कृत्रिम उद्धार अभ्यास गरीएको थियो ।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  ११ : ५६ बजे