चरिकोट । भीमेश्वर नगरपालिका ७, सिङ्गराम गाउँको माथिल्लो क्षेत्रमा वर्षा मापनका लागि प्रविधि मैत्री ‘पहिरो पूर्व सुचना प्रणाली पहिलो फेज’ (ीभ्ध्क्) उपकरणहरू जडान गरिएको छ ।
तयार नेपालको सहयोगमा उक्त प्रविधि जडान गरिएको वडा अध्यक्ष विनोद तामाङले जानकारी दिए । पहिरोका कारण हुन सक्ने सम्भावित क्षति न्यूनीकरण गर्ने उद्देश्यले उक्त क्षेत्रमा पहिलो पटक सो प्रविधि जडान गरिएको हो ।

उक्त प्रविधिले माटोको चिस्यान र बर्षातको पानी मापन गर्ने छ । वर्षा गेजले वर्षाको मात्रा मापन गर्छ भने Soil Mcisture ले माटोको आर्द्रताले खडेरी र बाढी, पहिरो पूर्वानुमान गरि सुचना दिने गर्छ।
यस उपकरणको जडानले वर्षा र त्यसपछिको पहिरोले धनजनको क्षति कम हुने र रोकथामका लागि थप योजना बनाउन सहज हुने छ ।
यो स्टेशनले बर्षातको पानीको मात्रा र माटोको चिस्यानको सूचना उपलब्ध गराउने तयार नेपालले जनाएको छ । दोस्रो चरणमा भने यसलाई पहिरो पूर्व सुचना प्रणालीमा आवद्ध गरिने छ।
