चरिकोट । भीमेश्वर नगरपालिका २ स्थित भीम माविलाई बागमती प्रदेश सरकारले २५ लाख बराबरको स्कुल बस सहयोग गरेको छ । बागमती प्रदेशको पुर्व वनमन्त्री विशाल खड्को पहलमा उक्त स्कुल बस विद्यालयलाई हस्तान्तरण गरिएको हो ।
भीम मावि व्यवस्थापन समितिका अध्यक्ष ज्ञानु योगीले प्रदेश सरकारको सहयोगमा ३६ सिट भएको विद्यालय बस सहयोग प्राप्त भएको जानकारी दिए ।
‘विद्यालय व्यवस्थापन समितिको बैठक सोमबार बस्दैछौं । यसपछि स्कुल बस कहाँ, कसरी सञ्चालन गर्ने निर्णय गर्नेछौं,’ अध्यक्ष योगिले भने,‘अविभावकसँग पनि छलफल गरेर सोक्ला, डाँडागाउँ नेगल फूलपा क्षेत्रमा बस सञ्चालन गर्नेछौं ।’

विद्यालय बस सञ्चालनका लागि आर्थीक स्रोत जुटाउनु पर्ने भएकाले केही समय ढिला हुन सक्ने अध्यक्ष योगिको भनाई थियो । अहिले भीम माविमा ४ सय विद्यार्थी रहेका छन् ।
बागमती प्रदेशले भीम माविसँगै जलदेवि मावि वैत्यश्वर ५ लाई पनि वितरण गरिएको हो ।
यस्तै, हनुमन्ते र क्षेत्रवति माविलाई यसअघि नै विद्यालय बस हस्तान्तरण गरिसकेको छ ।
