चरिकोट । दोलखाको उत्तरी क्षेत्रमा पर्यटन प्रवर्द्धन अभियान थालिएको छ ।
काठमाडौंमा सरोकारवाला निकायहरु एक कार्यक्रम आयोजना गरेर चिनसँग सिमाना जोडिएको लामावगर–लप्चि–रोलवालिङ क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने अभियान थालिएको हो ।
शनिबार राजधानिमा भएको कार्यक्रममा दोलखाका पत्रकार, बुद्धिजिवि, पर्यटन व्यवसायी र राजनीतिक व्यक्तित्वहरुले यस विषयमा छलफल गरिएको थियो ।




