चरिकोट । दोलखाको विगु गाउँपालिका वडा नं. १, लामबगर लप्ची (नेपाल–चीन) नाका खुलाउन माग राख्दै वडा अध्यक्ष मेम बहादुर तामाङको टिम सिंहदरबार पुगेको छ ।
वडा अध्यक्ष तामाङले लामबगर नाका खुलाउन माग राख्दै स्थानीयसहित सिंहदरबार पुगेको हो ।
छिमेकी राष्ट्र चिन र नेपालको सिमाना जोडिएको लप्ची क्षेत्र खुलाउन वडा अध्यक्ष तामाङले परराष्ट्र मन्त्री एनपी साउद र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मन्त्री रमेश रिजाललाई कार्यकक्षमा भेटेर ध्यानकर्षण पत्र बुझाएका हुन् ।
विश्व महामारीको रुपमा फैलिएको कोभिड–१९ को कारण चिन र नेपाल सरकारले लामा बगर लप्ची नाका बन्द गरिएको थियो । यद्यपी कोभिड न्युनिकरण भएपछि नेपाल र चिनसँग जोडिएको विभिन्न नाका खुल्ले पनि लामाबगर नाका बन्द रहेको वडा अध्यक्ष तामाङको भनाई छ ।

‘लामा बगर नाका बन्द हुँदा परम्पराग रुपमा गर्दै आएको चौरी, याक, पशु चौपाय व्यवसायमा समस्या भएको छ,’वडा अध्यक्ष तामाङले भने,‘पशु चौपाय बिक्रि गर्न नपाउँदा स्थानीय आर्थीक समस्यामा परेका छन् । यसकारण हामीले संघीय सरकारको ध्यानकर्षण गरेका छौं । आशा छ, उद्योग मन्त्री र परराष्ट्रमन्त्रीको प्रभावकारी भूमिका हुने छ ।’
वडा अध्यक्ष तामाङका अनुसार चिन र नेपालको सिमानामा पर्ने विगु गाउँपालिका १ लप्ची गाउँको पिलर नं. ५५ र ५६ बाट तिब्बतको सिमा गाउँ टासीघाङ ङयालमबाट चौरी, याक, ङिमो, घोडा, गाई, जोग्यो र चोरी र ङिमोको बाच्छा, बाच्छी बेचविखच हुँदै आएको थियो । तर, कोभीडपछि उक्त क्षेत्र बन्द रहेको छ ।
यसकारण यथाशिघ्र लामाबगर नाका खुलाउनका लागि परराष्ट्र र उद्योगमन्त्रालयसँग ध्यानकर्षण पत्र बुझाएको वडा अध्यक्ष तामाङले जानकारी दिए । ध्याकर्षण पत्र यस्तो छ :
