चरिकोट । नेकपा एमाले दोलखाको उपसचिव सुन्दर कार्कीले सपथग्रहण गर्नु भएको छ । एमाले दोलखाको १२ओैं जिल्ला कमिटी बैठकमा अध्यक्ष नर बहादुर श्रेष्ठले सपथग्रहण गराउनु भएको हो ।
२०७८ पुस २५ र २६ गते भएको जिल्ला अधिवेशबाट उपसचिमा कमला बस्नेत र सुन्दर कार्कीले बराबरी मत पाएपछि दुवै जनाले आधाआधा कार्यकाल कार्य गर्ने सहमती भएको थियो । दुवै जनाले समान २२३ मत प्राप्त गरेका थिए ।
आज चरिकोटमा शुरु भएको जिल्ला कमिटिको बैठकमा इन्चार्जहरू पोलिटव्युरो सदस्य, दोलखा इन्चार्ज कमल चौलागाईं, दोलखा (क) स्थित पालिकाहरू इन्चार्ज सरस्वती वस्नेत, दोलखा (ख) स्थित पालिकाहरू इन्चार्ज रचना खड्का समेत सहभागी रहेका छन् ।

