११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025

भीमेश्वर ५ मा जेष्ठ नागरिक घरदैलो स्वास्थ्य परीक्षण शुरू


३ श्रावण २०८०, बुधबार  

42
Shares

चरिकोट । भीमेश्वर नगरपालिका वडा नं.५ मा जेष्ठ नागरिकहरुका लागि निः शुल्क स्वास्थ्य परिक्षणसहित औषधि वितरण कार्यक्रम शुरू भएको छ ।

वडा अध्यक्ष बासु श्रेष्ठको टिमले ‘जेष्ठ नागरिक घरदैलो स्वास्थ्य परीक्षण’ कार्यक्रम लिएर टोल टोलमा जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण शुरु गरिएको हो ।

एक महिनासम्म सञ्चालन हुने उक्त कार्यक्रममा ७० वर्षमाथिका जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गरिने छ ।

वडा अध्यक्ष श्रेष्ठका अनुसार वर्षा याममा चिसोका कारण जेष्ठ नागरिकमा स्वास्थ्य समस्या देखिने भएका कारण घरदैलो अभियान सुरु गरिएको हो ।

‘वडाका स्वास्थ्यकर्मी, जनप्रतिनिधि तथा अगुवा व्यक्तित्वहरुको सहभागीतामा जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण र अवस्था बारे जानकारी लिदै औषधि समेत वितरण गरेका छौं,‘वडा अध्यक्ष श्रेष्ठले भने,‘जेष्ठ नागरिकहरुलाई माया गरौं, उहाँहरुको स्वास्थ्यको ख्याल गरौं । यो वडाको अभियान पनि हो ।’

जेष्ठ नागरिक घरदैलो स्वास्थ्य परीक्षण कार्यक्रम टोल टोलमा सञ्चालन हुने वडा कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार  ४ : २५ बजे