१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025

भीमेश्वर नगर २ मा पञ्चै बाजा र मारुनी पोषाक वितरण


१६ असार २०८०, शनिबार  

120
Shares

चरिकोट । भीमेश्वर नगरपालिका वडा नं. २ ले चालु आर्थिक वर्षको ३ लाख रुपैँयामा पञ्चै बाजा र थामी समुदायको मारुनी नाचको पोषाकसहित बाजा वितरण गरीएको छ ।

वडा अध्यक्ष स्टालिन श्रेष्ठले शुक्रबार कार्यालयमा नै उक्त सामाग्री वितरण गरीएको हो । नेगलको अमृत नेपालीलाई पन्चै बाजाको सेट र धन बहादुर थामीलाई मारुनी नाचको पोषाकसहित मादल वितरण गरिएको वडा सदस्य सविना विकले जानकारी दिइन ।

बाजा वितरण कार्यक्रममा कार्यपालिका सदस्य मुना श्रेष्ठ, वडा सदस्य, राजेश श्रेष्ठ, देवेन्द्र थामी र सविना विकको उपस्थिति रहेको वडा कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १६ असार २०८०, शनिबार  १० : ४४ बजे