चरिकोट । बिगु गाउँपालिकास्थित झोरुङ खोलाको पुल एक कार्यक्रमकाबीच उद्घाट गरीएको छ । झोरुङ खोलाको बाढीले गत बर्ष असार १० गते निर्माणकै क्रममा पुल बगाएको थियो ।
बिगु गाउँपालिका ४ र ५ जोडिने झोरुङ खोला पुल पुर्व पालिका अध्यक्ष युधिष्ठिर खड्काले उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा पालिका अध्यक्ष सञ्जिव ओली, उपाध्यक्ष देवीका थामी लगाएका जनप्रतिनिध सहभागी थिए ।
उक्त पुल २ करोड ५१ लाख ५८ हजार ९ सय ३७ रुपैयाँमा निर्माण भएको गाउँपालिकाले जनाएको छ ।
