१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025

शारदा माविमा फेरि ताला, नयाँ प्रअलाई पहिलो गाँसमै ढुंगा


२८ जेष्ठ २०८०, आइतबार  

3k
Shares

चरिकोट । बिगु गाउँपालिका वडा नं. ३ बुलुङस्थित शारदा माविमा आइतबार पनि ताला लागेको छ । यसअघि विषयगत शिक्षक नभएको भन्दै अविभावक र विद्यार्थीले लगाएको ताला २४ गते बसेको सर्वदलिय बैठकबाट खुलेको थियो ।

बिगु गाउँपालिकाले कुमार श्रेष्ठ(कपिल) लाई २५ गते विद्यालयमा नयाँ प्रअको जिम्मेवारी दिएपछि यसअघिका प्रअ बालकृष्ण ठकुरीको टिमले आइतबार ताला लगाएको स्रोतले बताएको छ ।

निर्वतमान प्रअ ठकुरीले आफनो बुवा गजेन्द्र बहादुर ठकुरीमाथि विद्यार्थी कुसाङ तामाङले अपशब्द बोलेको आरोप लगाएका छन् । तर,आफूले ताला बन्दी नगरेको दावी गरे ।

विद्यार्थी तामाङले गौरीशकर न्यूजसँग कुरा गर्दै भने,‘म १० बजे अघि नै विद्यालय पुगेको थिए । विद्यालयको गेटमा ताल्चा लगाएको रहेछ । खोल्न खोजेको । हेड सरको बुवाले मलाई गालि गर्दै घाटि थिच्न आयो । यसपछि हेड सर(बालकृष्ण) ले लठी लिएर हप्की दप्की गरेको हो ।’

यसपछि हेड सरको छोरीहरुले उनीहरुलाई स्कुल बाहिर लगेको विद्यार्थी तामाङको भनाई छ ।

नव नियुक्त प्रअ श्रेष्ठले आफू तालिममा रहेको समयमा विद्यालयमा ताला लागेको खबर आउने बित्तिकै बुलुङ फर्किएको संक्षिप्त जवाफ दिए । विद्यालय व्यवस्थापन समितिको मनोमानि, व्यथितिको कारण सारदा माविको शैक्षिकस्थिति नाजुक हुँदै गएको स्थानीहरुको भनाई छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०८०, आइतबार  ७ : २९ बजे