११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025

मागापौवा माविको ७ वटा ल्यापटप चोरी, प्रहरी मौन,चोरी गर्ने ढुक्क


२६ जेष्ठ २०८०, शुक्रबार  

1k
Shares

चरिकोट । शैलुङ गाउँपालिका वडा नं.४ स्थित मागापौवा माविको ७ वटा ल्यापट(DELL) चोरी भएको दुई महिना हुन लाग्यो । यो घटना २०८० वैशाख ११ गतेको हो ।

तर, दुई महिना बित्न लाग्दा पनि विद्यालय व्यवस्थापन समिति र प्रहरी प्रशासनले शंकास्पद व्यक्तिलाई पक्राउन गर्न सकेको छैन ।

विद्यायलका प्रअ चिरन्जवीवि सापकोटाले १२ गते दिउँसो मात्रै विद्यालयको कोठाबाट ल्यापटप हराएको थाहा पाए ।
‘ल्यापटप भएको कोठाको चाबी तीनजनासँग छ । मसँग, विद्यालय सहयोगी राजु तामाङ र सुनधोर्जे तामाङसँग ल्यापटप भएको कोठाको चाबी छ,’प्रअ सापकोटाले भने,‘तर, ढोकाको चाबी कहि कतै तोडिएको छैन । झ्याल ढोका बन्द छ ।तर, डियल कम्पनीको ७ वटा ल्यापटप अच्चमै तरीकाले चोरी भएको सत्य हो ।’

विद्यालयको कोठामा ल्यापटप नदेखिएपछि व्यवस्थापन समितिका अध्यक्ष, वडा अध्यक्ष र ईलाका प्रहरी कार्यालयलाई जानकारी गराएको प्रअ सापकोटोको भनाइ छ ।

ईलाका प्रहरी कार्यालय बाघखोर देउरालीमा निवेदन दिए पनि यस विषयमा कुनै नतिजा नआएकाले थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय चरिकोटमा जेठ ९ गते निवदेन दिएको प्रअ सापकोटाले बताए ।

राष्ट्रपती शैक्षिक सुधार कार्यक्रम अन्तर्गत दुई वर्षअघि डियलको आइ फाइप २ थान र आइ फाइभ थ्री ५ थान गरी ७ वटा ल्यापटप खरिद गरेका थिए । बजारमा आईथ्रीको ६० हजार र आई फाइभको ७७ हजार मूल्य छ ।

मागापौवा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जित कुमार मोक्तानले ल्यापटप चोरीको विषयमा जिल्ला प्रहरी कार्यालयमा निवदेन दिइसकेकाले तथ्यगत विवरण छिटै आउने बताए ।

‘ल्यापटप चोर बाहिरबाट पक्कै आउँदैन । ल्यापटपको विषयमा विद्यालयका शिक्षक, कार्यालय सहयोगी लगाएतलाई सोधखोज गरीसकेका छौं,’ अध्यक्ष मोक्तानले भने,‘हामी लागि रहेका छौं ।’

शैलुङ गाउँपालिका ४ का वडा अध्यक्ष झम्क कार्कीले आफू उक्त विद्यालयको पदेन सदस्य भएकाले प्रहरीको उपस्थितिमा स्थलगत निरीक्षण गरिएको बताए ।

‘ताला कतै तोड फोड गरिएको छैन । झ्याल ढोका जस्ताको तस्तै छ । तर, ल्यापट रहस्यमय ढंगले चोरी भएको देखियो,’ वडा अध्यक्ष कार्कीले भने,‘घटनाको प्रकृति हेर्दा शकास्पद छ । बाहिरको चोर हुनै सक्दैन ।’

शैलुङ गाउँपालिकाको उपाध्यक्ष पार्वती कार्की थापा ले भने पालिकामा कुनै जानकारी नआएको बताईन । दुई पटक कार्यापालिकाको बैठक बस्दा पनि जानकारी नआएको उपाध्यक्ष थापाले बताइन ।

‘बाहिर ल्यापटप चोरी भएको सुनियो । तर, आधिकारीक जानकारी छैन,’ उपाध्यक्ष थापाले भनिन्,‘यो विषय गम्भीर विषय हो । म छिटै जानकारी लिन्छु ।’

जिल्ला प्रहरी कार्यालय दोलखाका इन्सपेक्टर राजेश सिगदेलले ल्यापटप चोरीको विषयमा अनुन्धान भइरहेको जानकारी दिए । ल्यापटप चोरीको घटनाको विषयमा मागापौवाकै इलाका प्रहरीले हेरीरहेकोे थियो । अहिले जिल्लाबाटै घटनाको अनुसन्धान भइरहेको सिंगदेलको भनाई छ ।

तर, स्थानीयले भने प्रअ, विद्यालय व्यवस्थापन समिति र शिक्षकहरुको मिलेमतोमा ल्यापटप चोरी भएको आशंका गरिएको छ । ल्यापटप चोरी भएको दुई महिना बित्न लाग्दा पनि शंकास्पद व्यक्ति पक्राउ गर्न नसक्नु प्रहरीमाथि नै स्थानीयले आंशका व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २६ जेष्ठ २०८०, शुक्रबार  १२ : ०४ बजे