१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025

लालिगुराँस सामुदायिक हस्पिटललाई रोटरीको एम्बुलेन्स


६ जेष्ठ २०८०, शनिबार  

120
Shares

चरिकोट । द– रोटरी फाउन्डेसनले लालिगुराँस सामुदायिक हस्पिटललाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ । दोलखाको बैतेश्वर गाउँपालिका–६ बुस्तीमा रहेको हस्पिटललाई ५५ लाख बराबरको एम्बुलेन्स हस्तान्तरण गरिएको हो ।

रोटरी फाउन्डेसनमा आबद्ध अमेरिका, युके र नेपालको आर्थिक सहकार्यमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं बागमती प्रदेश सभाका सदस्य कुन्दन राज काफ्लेले एक कार्यक्रमकाबीच हस्तान्तरण गरीएको हो ।

प्रदेश सदस्य काफ्लेले हस्पिटलको भौतिक संरचना निर्माण गर्न पहल गर्ने धारणा राखेका थिए ।

२०७७ सालमा उक्त हस्पिटल स्थापना गरिएको कार्यकारी निर्देशक डाक्टर सुरेन्द्र तामाङ जानकारी दिए ।

कार्यक्रममा बैतेश्वर गाउँपालिकाकि उपाध्यक्ष कल्पना उप्रेती, रोटरी कल्व अफ पाटनका अध्यक्ष शिवकुमार प्रधान, बैतेश्वर गाउँपालिका–३ वडा अध्यक्ष कमल अधिकारी, ६ का वडा अध्यक्ष असोक तामाङ लगाएतले धारणा राखेका थिए ।

प्रकाशित मिति : ६ जेष्ठ २०८०, शनिबार  १ : ४२ बजे