१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025

जिलुमा जेष्ठ नागरिकलाई सम्मान


३१ बैशाख २०८०, आइतबार  

26
Shares

दोलखा । नेकपा एमाले भीमेश्वर नगरपालिका ४ नम्बर वडा कमिटी जिलूले शनिबार वडाका ५० जना भन्दा धेरै जेष्ठ नागरिकलाई सम्मान गरेको छ ।

जेष्ठ नागरिकले विगतमा आफ्नो उर्जाशील समय खर्चेर समाज र देशका लागि गरेको योगदान सम्झेर ८० वर्ष नाघेका ५६ जनालाई सम्मान गरिएको वडा कमिटीका अध्यक्ष गोविन्दराज सापकोटाले जानकारी दिनुभयो। आगामी दिनमा बाबुआमाको राम्रो संरक्षण गर्ने छोराछोरीलाई पनि सम्मान गरिने अध्यक्ष सापकोटाले बताउनुभयो।

जिलूको देउराली पाण्डव पार्कमा आयोजना गरिएको कार्यक्रमका प्रमुख अतिथि एमाले बागमती प्रदेश कमिटी सदस्य एवं दोलखा इन्चार्ज इश्वरचन्द्र पोखरेलले नेपाली समाजमा बाबुआमालाई गरिने सम्मान कम हुँदै गएकाले संस्कार र संस्कृति जोगाउनु पर्ने बताउनुभयो ।

सम्मान पश्चात गरिएको वनभोजमा विशेष सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको थियो । वडामा सक्रिय रहेका महिला समूहहरुलाई पार्टीका तर्फबाट आर्थिक सहयोग पनि गरिएको छ । सम्मान कार्यक्रमलाई सहयोग गर्ने स्वदेश तथा विदेशमा रहेका चन्दादाताहरुलाई पनि वडा कमिटीले विशेष धन्यवादसहित प्रशंसापत्र प्रदान गरेको थियो ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  ९ : ०० बजे