१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025

छ्युमी वंश प्रतिष्ठानको वार्षिक उत्सवमा वनभोज


३१ बैशाख २०८०, आइतबार  

234
Shares

काठमाडौं । छ्युमी तामाङ वंशवालीको अध्ययन अनुसन्धान गर्न स्थापित छ्युमी वंश प्रतिष्ठानले भव्य वनभोज तथा भेटघाट कार्यक्रम गरेको छ ।

प्रतिष्ठानले भक्तपुरको सल्लाघारीमा शनिबार वनभोज कार्यक्रम आयोजना गरी देशैभरीका छ्युमी वंशका प्रतिनिधिबीच भेटघाट गरीएको हो ।

छ्युमी वंशका ताम्बा, लामा बोम्बोहरुको प्रस्तुतीसहित वनभोज कार्यक्रम भएको प्रतिष्ठानका अध्यक्ष विकास लामाले जानकारी दिए ।

‘देशैभर छ्युमी वंशका तामाङहरु रहेका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा छुटै खालको पहिचान छ,‘अध्यक्ष लामा छ्युमीले भने,‘तर, चिनजान छैन । यसकारण प्रतिष्ठानले छ्युमी वंशका तामाङलाई गोलबन्द गराउने उदेश्य लिएको छ ।’

कार्यक्रममा सिन्धुपाल्चोक, काठमाडौं, काभ्रे, ललितपुर, मकवानपुर, धादिङ, कास्की लगाएतको छ्युमी वंश सहभागी भएको थियो । प्रतिनिधिमुलक रुपमा भएको कार्यक्रममा २ सय ५० जना भन्दा धेरै सहभागी भएको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानका अध्यक्ष लामाका अनुसार छ्युमी भएका जिल्लाहरुमा शाखा समेत विस्तार गरीने छ ।

शिक्षा, स्वास्थ्य, राजनीतिक, वैदेशिक तथा निजामती क्षेत्रमा स्थापित छ्युमी वंशका तामाङलाई एकतावद्ध गराउँदै वंशावलीको अध्ययन तथा अनुसन्धान गर्ने प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानको केन्द्रीय कार्यालय चाबहिल चुच्चेपाटीमा रहेको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  ८ : ३१ बजे