१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025

ताफ्रा बोम्बोको औतारी ‘तेञ्जिङ थिङको गुफा समारोह’


२९ बैशाख २०८०, शुक्रबार  

1.3k
Shares

हेटौंडा । कृष्ण बहादुर भोम्जन (ताफ्रा) बोम्बोको औतारी तेञ्जिङ थिङ तामाङको गुफा कार्यक्रम भव्यताको साथ सम्पन्न भएको छ । बकैया गाउँपालिका ९, तल्लो भालुखोलास्थित ताफ्रा झाँक्रिको चिहानमा औतारी तेञ्जिङ थिङ गुफामा बस्नु भएको हो ।

नेपाल तामाङ बोम्बो संरक्षण समाजका केन्द्रीय सदस्य कृष्ण बहादुर ब्लोनले औतारी थिङलाई गुफा राख्नु भएको थियो । बोम्बो गुरु ब्लोनले वैशाख २४ देखि २७ गतेसम्म औतारीलाई चिहानमा गुफा राख्नु भएको हो ।

बोम्बो संरक्षण समाजले बोम्बो संस्कृतिमा पहिलो पटक औतारीको रुपमा तेञ्जिङ थिङलाई बाहिर ल्याएको हो । बोम्बो संरक्षण समाजका केन्द्रीय अध्यक्ष महाराज भोम्जनले सिद्ध प्राप्त बोम्बोहरुले विभिन्न ठाउँमा पुनःजन्म लिए पनि प्रचार प्रसार हुन नसकेको बताए ।

‘अहिले जसरी तेन्जिङ थिङलाई औपचारिक रुपमा हामीले बाहिर ल्यायौं । यो समयको माग हो । तामाङ समुदाय र बोम्बो इतिहासमा नै गौरवमय क्षण हो,’ अध्यक्ष भोम्जनले भने,‘हामीले उहाँलाई मकवानपुरमा मात्रै होइन । राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा प्रचार प्रसार गर्न आवश्यक छ ।’

उहाँ यसअघिको जन्ममा प्रसिद्ध बोम्बो हुनुहुदो रहेछ । पहिलो जुनिमा भोम्जन अहिले थिङ वंशमा जन्म लिएको बोम्बो संरक्षण समाजको अध्ययनले प्रष्ट्याएको छ ।

बोम्बो गुरु कृष्ण ब्लोनले औतारी गुरुले तथ्य र विधिमा पहिलो जन्मकै साक्षी भएको बताउनु भयो ।
‘तीन रातको गुफा सोचेभन्दा राम्रो भयो । उहाँ एकदमै निडर र परिपक्व ढंगले बोल्नु हुन्छ,’ बोम्बो गुरु ब्लोनले भन्नु भयो,‘उहाँको छुटै शक्ति र ज्ञान छ । त्यो ज्ञान अदृश्य छ । विस्तारै खुल्दै जाने देखेको छु ।’

उहाँको व्यवहार, बोलिवचन, संयम अत्यन्तै फरक भएका कारणले पनि धेरै विषय प्रष्ट भएको बोम्बो गुरु ब्लोनले बताउनु भयो । औतारी बोम्बो कम बोल्ने र चाहिने मात्रै आफ्नो कुरा राख्ने उहाँको विशेषता रहेको गुरु ब्लोनको भनाई छ ।
औतारीको पुर्व जन्मका श्रीमती सञ्चमाया तामाङले आफू सय वर्ष पुग्न लाग्दा बितेको श्रीमानको पुनःजन्म भएकोमा खुसी व्यक्त गर्नु भयो । उहाँले औतारी बोम्बोलाई खादा माला लगाएर सम्मान गर्नु भयो ।

‘म पुनःजन्म लिन्छु । भनेर भन्नु भएको थियो । उहाँ बित्नु भएको २० वर्षपछि औतारी आउँदा धेरै खुसी छु,‘औतारीको अघिल्लो जन्मका श्रीमतिले भन्नु भयो,‘यही जुनिमा भेट भयो । कसरी खुसी व्यक्त गरौं ।’

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  १ : २९ बजे