१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025

‘जनताकै कामका लागि एक हजार लिएको हो’ : अध्यक्ष संजिव ओली


२९ बैशाख २०८०, शुक्रबार  

4.1k
Shares

चरिकोट । विगु गाउँपालिकाका अध्यक्ष संजिव ओलीले डि म्याट खाता खोल्नका लागि दुई सय मात्रै लिएको बताएका छन् । तर, अन्य सेवा सुविधाका लागि आठ सयसहित एक हजार लिएको पालिका अध्यक्ष ओलीले स्वीकारेका छन् ।

गाउँपालिका अध्यक्ष ओलीले गौरीशंकरन्यूज डटकमसँग कुराकानी गर्दै जनताको कामलाई सहज बनाउनका लागि उक्त रकम लिएको बताए ।

सनराइज क्यापिटल लिमिटेडले अहिले विगु गाउँपालिकामा डि म्याट खाता खोल्ने काम गरिरहेको छ । गाउँपालिका अध्यक्ष ओलीले आफ्नै पहलमा डि म्याट खाता खोल्ने काम भइरहेको जानकारी दिए ।

‘डि म्याट खाता खोल्न टोलटोलमा जानु पर्ने भएपछि एक हजार लिएको हो । बैंकको कर्मचारी एक जनामात्रै हुन्छ । अहिले १५ देखि १८ जना खटिरहेको छ,’ गाउँपालिका अध्यक्ष ओलीले भने,‘फोटो खिच्न, फोटोकपी र अन्य सेवा शुल्कको पैसा हो । सकरात्मक सोचौं । विवाद नगरौं । सिडियोले फोन गर्नु भएको थियो । यसलाई स्पष्ट पारेको छु ।’

जनतालाई शेयर कारोबार र डिम्याट खाताको विषयमा जानकारी गराउन मात्रै नभएर सेयर कारोबारका लागि अभियान चलाएको अध्यक्ष ओलीको दावी थियो ।

कार्यपालिकाले निर्णय गर्नु पर्ने होला नी अध्यक्ष ज्यू, डि म्याटको नाममा अन्य सेवा सुविधा लिन । यसपछि गाउँपालिका अध्यक्ष ओली हच्किएका थिए । तर, उनले तथ्यगत विषयमा रहन आग्रह गरे ।

गाउँपालिका आफैले डि म्याट खाता खोल्न सहयोग गर्न सकिदैन भन्ने प्रश्नमा ‘हामीसँग कर्मचारी छैन ।’ अनि १८ जना कहाँबाट डि म्याट खाता खोल्न पुगे भन्ने प्रतिप्रश्नमा,‘ कोही यतैका छन्, कोही काठमाडौंबाट आएका हुन् ।’

यो संवादले गाउँपालिका अध्यक्ष ओलीले डिम्याट खाता खोल्नका लागि खटाएका कर्मचारी उनकै आफन्त र इष्टमित्र भएको स्पष्ट हुन्छ ।

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  ५ : ५२ बजे