चरिकोट । भीमेश्वर नगरपालिकाले शहरी शासकीय तथा पुर्वाधार विकास कार्यक्रममा प्रथम स्थान हासिल गरेको छ ।
भीमेश्वर नगरले शहरी शासकीयको चालुआर्थिक वर्षमा ७२.४६ प्रतिशत भुक्तानी गरीसेकेको छ ।
१२ वटा नगरपालिकामा शहरी शासकीयको पूर्वाधार विकास कार्यक्रम सञ्चालन भइरहेको छ । दोलखाको भीमेश्वर नगरपालिकामा ४४ वटा योजनाहरु रहेको ई. दिपकराज श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार स्थानीय तहमा भएको योजनाको भुक्तानीको आधारमा भीमेश्वर प्रथम भएको हो । एक कार्यक्रमकाबीच वल्र्ड बैंकका प्रतिनिधि मिलन कार्कीले ई दिपकराज श्रेष्ठलाई प्रथम भएको मायाको चिनो वितरण गरिएको हो ।