११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025

मनाइयो बुद्ध जयन्ती


२२ बैशाख २०८०, शुक्रबार  

2
Shares

काठमाडौंको बौद्धमा आज धुमधामले बुद्ध जयन्ती मनाइएको छ।

२५६७ औं बुद्धजयन्तीका अवसरमा बौद्धमा दर्शनार्थीको घुइँचो छ।

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाको दिनलाई गौतमबुद्धको जन्मजयन्तीका रुपमा मनाउने गरिन्छ।

बुद्धजयन्तीका अवसरमा लुम्बिनीमा आयोजना हुने कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्दैछन्।

गौतम बुद्धको जन्म भएको, बुद्धत्व प्राप्त गरेको र महापरिनिर्वाण प्राप्त गरेको दिनलाई त्रिसंयोग दिवसका रुपमा पनि मनाउने गरिन्छ।

इसापूर्व ६२३ वैशाख शुक्ल पूर्णिमाका दिन रुपन्देहीको लुम्बिनीमा गौतमबुद्धको जन्म भएको थियो।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  ६ : ०० बजे