११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025

वडामा कर्मचारी अभाव, भीमेश्वर नगरमा ‘ओभर स्टाफ’


२१ बैशाख २०८०, बिहिबार  

1.4k
Shares

दोलखा । भीमेश्वर नगरपालिकामा २९ जना अधिकृत तहको कर्मचारी रहँदा वडामा भने कर्मचारी अभावसँगै कार्य सम्पादनमा समस्या हुने गरेको छ ।

भीमेश्वर नगरपालिकाको विभिन्न शाखामा आवश्यकता भन्दा धेरै (छैटौं, सातौ र आठौ) तहको अधिकृतहरु कार्यरत छन् । केही अधिकृतको कुर्चि समेत छैन भने केही अधिकृतको कुर्चि भए पनि जिम्मेवारी छैन ।

तर, वडा तहमा भने स्थायी कर्मचारी अभाव सधै हुने गरेको वडा अध्यक्षहरुले कार्यापालिका बैठकमा उठाउँदै आइरहेको छ ।
वडा ९ मा शान्तिबहादुर केसी (चौथो तह) ले वडा सचिवको भूमिका निर्वाह गरीरहेको खबर नयाँ होइन । चौथो तहको करार कर्मचारीले सचिवको कार्यभार सम्हालनु आफैमा कर्मचारी ऐन विपरित छ ।

वडा ९ को भूगोल अन्य वडाभन्दा फरक भएकाले तीन ठाउँबाट सेवा दिइरहेको वडा अध्यक्ष हिमाल श्रेष्ठले बताए ।
मुख्य वडा कार्यालय खरिढुंगा, सुर्के टाडि गौडा र बिहिबार चरिकोटबाट करारका सचिव केसीले सेवा दिइरहेको तथ्य नगरका प्रमुख, उप–प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई जानकारी रहेको वडा अध्यक्ष श्रेष्ठको भनाइ छ ।

‘अध्यक्ष निर्वाचित भएपछि पहिलो कार्यापालिका बैठकमा वडा ९ को लागि कर्मचारी थप्न प्रस्ताप गरेको थिए । नगरको कार्यालयमा मात्रै कर्मचारी थुप्रियो । वडामा आउँनै मान्नदैन,‘अध्यक्षले भने,‘कर्मचारी जहाँ सहज छ त्यही बस्नु गलत हो । ९ मा स्थायी सचिव छैन । कसरी गरौं जनताको काम ।’

यस्तै, भीमेश्वर ८ को तथ्य पनि यस्तै छ । वडाले गर्ने जन्म दर्ता, विवाह दर्ता, मृत्यु दर्ता मात्रै होइन अन्य सेवा लिन र दिनका लागि पनि नगरको कार्यालय धाउनु पर्ने बाध्यता छ ।

सिस्टममा जन्म र विवाह दर्ता गर्ने कर्मचारी नभएकै कारण भीमेश्वर नगरको कार्यालयमा सेवाग्राही पठाउनु पर्ने बाध्यता भएको वडा अध्यक्ष काजी बुढाथोकीले जानकारी दिए ।

भीनपा ८ मा सचिवको रुपमा मधुसुदन आचार्य (पाँचौ) छन् । ‘सचिवज्यूले जन्मदर्ता, विवाह र मृत्यु दर्ता गर्न आइटि सम्बन्धी ज्ञान नभएपछि नगरपालिकामा सेवाग्राही पठाउनुको विकल्प छैन’ वडा अध्यक्ष बुढाथोकीले भने,‘कर्मचारी पठाउन साउनबाट ताकेता गरेको हो । केही समय लिला खतिवडा आउनु भयो । खतिवडा जी सरुवा भएपछि मधुसुदन जि आउनु भएको छ । उहाँ एक्लैले केही गर्नै सक्नु हुन्न।’

नगरको कार्यालयमा घाम ताप्दै टिकटक बनाएर बस्ने गरेको अध्यक्ष बुढाथोकीको दावी छ । ‘यता वडा ८ कर्मचारी बिहिन छ । कस्लाई कति पटक अनुरोध गरौं । बोचमा कर्मचारी पठाइदिनु भनेर।’ वडा अध्यक्षले भने ।

वडा ७ मा भने कर्मचारी व्यवस्थापन गरिएको देखिन्छ । वडा सचिवको रुपमा ऋषि प्र. दाहाल(पाँचौ तह), निर्मलाथापा खड्का( सहायक) र ठूली तामाङ कार्यालय सहयोगी छिन् ।

तुलनात्मक रुपमा कर्मचारी अभाव भए पनि कार्य सम्पादनमा चुस्त रहेको वडा अध्यक्ष विनोद तामाङले जानकारी दिए ।

‘वडा ७ मा कर्मचारी व्यवस्थापन गर्न गारो छैन । तर, यहाँसम्म व्यवस्थापन गर्न सहज भने थिएन,’ वडा अध्यक्ष तामाङले भने,‘अहिले तीनजना कर्मचारीसँगै हाम्रो टिम खटिरहेका छ । यसकारण सहज छ । तर, अन्य वडाहरुमा कर्मचारी व्यवस्थापन हुन आवश्यक छ ।’

वडा ६ मा सचिवको रुपमा लक्ष्मी कार्की (छैटौं) छिन् । सहायक तथा फिल्डमा सुजन शाही रहेको छ । साथै, एकजना कार्यालय सहयोगी रहेको छ । वडा ६ सँगै वडा ३ र २ लाई सहज र पहुँज वडाको रुपमा हेर्ने गरीन्छ । भीनपा वडा २ दोलखामा विनाश्रेष्ठ (पाँचौ) वडा सचिव र वडा ३ मा गैेरी श्रेष्ठ (छैटौं) सचिव रहेका छन् ।
यी वडाहरुमा सोही अनुपातमा कर्मचारी रहेका छन् ।

वडा ४ विष्णु चौलागाई (पाँचौ) र वडा ५ मा भीमबहादुर बस्नेत (छैटौं) ले वडा सचिवको कार्य सम्पादन गर्दै आइरहेको छ । भीनपा १को वडा सचिवमा गणेश बं.खड्का(पाँचौ)कार्यरत छन् । यो वडा थामी समुदायको जनघनत्व भएको वडा हो । सेवाग्राही समयमा नै वडा कार्यालय पुगे पनि कर्मचारी अभावका कारण सहज ढंगले कार्य सम्पादन गर्न नसकिएको वडा अध्यक्ष माधव थामीको भनाई छ ।

वडा १मा सचिव खड्कासँगै, प्रकाश सुवेदी र कार्यालय सहयोगी रहेका छन् ।

भीमेश्वर नगरको वडा १ मा पनि कर्मचारी अभाव छ । तर, नगरपालिकाले व्यवस्थापन गर्न नसकेको वडा अध्यक्ष थामीले बताए । कार्यापालिका बैठकमा वडा १ माकर्मचारी पठाइदिनु पर्यो भनेर कुरा उठाए । तर, अहिलेसम्म कर्मचारी पठाउन नसकेको उनको भनाई छ ।

भीमेश्वर नगरपालिकाको प्रवक्ता तथा वडा ४ का वडा अध्यक्ष तारा चौलागाइले कर्मचारीको संरचनाको विषयमा छलफल नै नहुँदा समस्या भएको बताए ।

‘स्थानीय, प्रदेश र संघका कर्मचारी छन् । कस्ले कहाँबाट तलब लिइरहेको छ भन्ने नै थाहा हुँदैन । कर्मचारीको डाटा मागेको छु,’ अध्यक्षले भने,‘नगरपालिकामा कर्मचारी अस्तव्यस्त मात्रै होइन भद्रगोल छ । लोक सेवा दिएर आएकालाई वडा सचिव बनाउनु पर्नेमा कृषि प्राविधिक वडा सचिव छ ।’

९ वटै वडामा कर्मचारी आवश्यक भए पनि संरचना भन्द्रगोल भएकाले कर्मचारी व्यवस्थापनगर्न नसकिएको प्रवक्ता चौलागाइको भनाइ छ ।

भीमेश्वर नगरपालिकामा विगतदेखि नै कर्मचारी व्यवस्थापन हुन नसकेको प्रवक्ता चौलागाइको भनाइ छ ।

नगरपालिकाका प्रमुख ईश्वर नारायण मान्नधरले कर्मचारीको विषय प्रमुख प्रशासकीय अधिकृतसँग सोध्नु भन्दै पन्छिए । ‘कर्मचारीको विषय हाकिमले हेर्ने हो । यसकारण उहाँले जवाफ दिनुपर्छ।’ नगर प्रमुख मान्नधरको भनाइ थियो ।

प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलसँग सम्पर्क गर्दा सम्पर्कमा आउन चाहेनन् । अधिकृत पौडेललाई गौरीशंकर न्यूजले तीन दिनदेखि फलो गरे पनि सम्पर्कमा आउन सकेन ।

भीमेश्वर नगरपालिकामा विगतदेखि नै कर्मचारी संरचना अस्तव्यस्त छ । मनपरी कर्मचारी भर्ना, आफू खुसी कर्मचारीको बढुवा मात्रै होइन, श्रीमति र आफन्तलाई पहुँचको भरमा जागिर दिने विकृति रोक्नुपर्छ । यो भीमेश्वर नगरपालिको बेथिति हो ।

भीमेश्वर नगरपालिकामा रहेका २९ जना अधिकृत तहको कर्मचारी हुँदा पनि वडाले करारका कर्मचारी, कृषि प्राविधिक तथा अस्थायी कर्मचारीलाई वडा सचिवको जिम्मेवारी दिनु कानून विपरीत छ ।

यी विषयमा भीमेश्वर नगर कार्यपालिका बैठकले ठोस कार्यविधि बनाएर कर्मचारी व्यवस्थापन गर्नु अहिलेको आवश्यता हो ।

अधिकृतहरु:

१. प्रमुख प्रशासकीय अधिकृत –शिशिर पौडेल
२. अर्जुन बहादुर कार्की (आठौं)
३.नारायण प्र.सेढाइ (आठौं)
४.सुजन सुवेदी (सातौंं)
५.नारायण शिवाकोटी (सातौं)
६.ज्ञानु खड्का (सातौं)
७.माधव प्रसाद सुवेदी (छैटौं)
८.मनोज तामाङ (छैैटौं)
९.रमला घिसिङ (छैैटौं)
१०.मेरिना बस्नेत (छैैटौं)
११.सुन्दर खड्का(छैटौं)
१२.मंगला मानन्धर (छैैटौं)
१३.सुर्जा दाहाल (छैैटौं)
१४.श्याम खड्का (छैैटौं)
१५.राधिका बुढाथोकी (छैैटौं)
१६.रितु बराइली (छैैटौं)
१७.डम्बर वली(छैटौं)
१८.हरिहर न्यौपाने (छैैटौं)
१९.केदार घिमिरे (छैटौंं)
२०.सुरेश राउत(छैटौं)
२१..सविना खड्का (छैैटौं)
२२.रामजी थापा(छैटौं)
२३.लिला जिरेल(छैटौं)
२४.भवेन्द्र थापा(छैटौं)
२५.गौरव बस्नेत (छैटौं)
२६.किरण दाहाला(छैटौं)
२८.कृष्ण बहादुर कार्की(छैटौं)

कर्मचारी शाखा र नामवली

१. प्रमुख प्रशासकीय अधिकृत –शिशिर पौडेल
२. अर्जुन बहादुर कार्की(आठौं)
३. सुन्दर खड्का(छैटौं)
४. विष्णु आचार्य(पाँचौं)

प्रशासन शाखा

माधव प्रसाद सुवेदी (छैटौं)
अर्जुन लामा (पाँचौ)
पार्वती श्रेष्ठ (पाँचौ)

स्वास्थ्य शाखा

श्याम खड्का (छैैटौं)
हरिहर न्यौपाने (छैैटौं)
सविना खड्का (छैैटौं)
मनोज तामाङ (छैैटौं)
सुजन न्यौपाने (चौथों)

पशु सेवाशाखा

रमला घिसिङ (छैैटौं)
मेखि बस्नेत (छैैटौं)
भीमजिरेल (पाँचौ)
नवराज दाहाल (चौथो)
शंकर पाठक (चौथो)

जिन्सी /फोहोर मैला/राजस्व

ज्ञानु खड्का (सातौंं)
रविना खड्का (चौथो)

महिला तथा बालबालिका
मंगला मानन्धर (छैैटौं)

जेष्ठ नागरिक
सुर्जा दाहाल (छैैटौं)

सामाजिक विकास
नारायण प्र.सेढाइ

कृषि शाखा
राधिका बुढाथोकी (छैैटौं)
रितु बराइली (छैैटौं)
विष्णु चौलागाई (पाँचौं)
मनुका घिमिरे (पाँचौं)

रोजगार शाखा
डम्बर वली(छैटौं)
रवि बस्नेत (पाँचौं)
राम थामी(पाँचौं)

उद्यम विकास
रेखा दर्जी (पाँचौं)

न्यायिक समिति
शान्त श्रेष्ठ(पाँचौं)

लेखा शाखा
जगदिश अर्याल (आठौं)
सुजन सुवेदी(छैटौंं)
केदार घिमिरे (छैटौंं)
टिका जोशी(पाँचौ)

प्राविधिक शाखा
स्थायी .

सुरेश राउत(छैटौं)
नारायण शिवाकोटी
रामजी थापा(छैटौं)
लिला जिरेल(छैटौं)
भवेन्द्र थापा(छैटौं)
शहरी शासकिय
दिपक राज श्रेष्ठ(पाँचौ)
बलराम बस्नेत (पाँचौ)
गौरव बस्नेत (छैटौं)

अस्थायी कर्मचारी
गौरव बस्नेत (वडा–२)
राजु नाराण श्रेष्ठ (वडा–१)
कविता बराइली(वडा–४)
हरिशरण दाहाल (वडा–४)
विकास गौतम (वडा–४)
चित्र बं. श्रेष्ठ (वडा–४)
जेनिश थापा (केशर)

नक्सा शाखा
सुजता खतिवडा (वडा–४)
सविनाअधिकारी (वडा–४)

योजना शाखा
कृष्ण बहादुर कार्की(छैटौं)
शान्ति नेपाल (पाँचौ)

श्रृखला-१

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहिबार  ६ : १० बजे