१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025

दोलखामा त्रिदिवसीय बुद्ध जयन्ती मनाइने


१६ बैशाख २०८०, शनिबार  

132
Shares

दोलखामा त्रिदिवसीय २५६७औं बुद्ध जयन्ती भव्य रुपमा मनाइने भएको छ । पद्यवर्ण बुद्धविहार दोलखाले प्राचिन सहरमा त्रिदिवसीय बुद्ध जयन्ती मनाउन लागिएको हो ।

मानवका लागि सुख-शान्तिको जीवन बिताउन र भगवान बुद्धले दिनु भएको अनुपम शिक्षाका लागि उहाँप्रति कृतज्ञता चढाउन बुद्ध जयन्ती मनाउ लागिएको बुद्ध विहार दोलखाका अध्यक्ष सुनील मास्केले जानकारी दिनु भयो ।

उहाँका अनुसार दोलखा बजारमा बुद्ध जयन्तीको दुई दिनअघि गुम्बा तथा नगरमा रहेका चैत्यहरु सरसफाइ गर्ने, लुङता तोरणहरु टाँग्ने कार्य भइरहेको छ ।

यस अवसमा स्वास्थ्य शिविर, भोजन तथा खाद्यान्न वितरण, एकल जीवन बिताइ रहेकालाई हौसला, प्रशंसा, विपश्याना ध्यान शिविर गरिने कार्यतालिका रहेको छ ।

त्यसै गरी बुद्ध जयन्तीको अघिल्लो दिन विद्यार्थीहरुका लागि बौद्ध शिक्षासँग सम्बन्धित साहित्यिक प्रतियोगिता तथा वक्तृता प्रतियोगिता, बौद्ध विद्वानहरु, गन्यमान्य व्यक्ति तथा स्वदेसी विदेसी पाहुनाहरुको उपस्थितिमा करिब तीन घण्टे बृहत्त बौद्ध सभाको आयोजना गरिनेछ ।

बुद्ध जयन्तीको दिन भगवान बुद्धको प्रतिमालाई श्री पद्यवर्ण बुद्ध महाविहार दोलखामा एउटा रथमा राखेर सजाउने र विहार परिसर पनि सजाउने नगर परिक्रमा गराइने, बुद्ध जयन्तीको पूर्वसन्ध्यामा शान्ति दीप यात्रा गरिने अध्यक्षको भनाई छ ।

नगर परिक्रममा सबैभन्दा अग्र पङतिमा बुद्ध भजन टोली,त्यसपछि बुद्ध प्रतिमा, स्थानीय लाकबाजा, लोक धुन, भिक्षु लामा गुरु, सर्बसाधारण ( बौद्ध झण्डा,बुद्ध उपदेशहरुसहित ) को नगर परिक्रमापश्चात् चैत्यमा पुगी बुद्ध प्रसाद ग्रहण गरिने छ ।
यसपछि रथ सहित पद्यवर्णमा पुगेर नगरप्रमुखबाट बुद्ध जयत्नीको महत्वबारे प्रकाश पारेर आगामि वर्ष पनि भव्य रुपमा मनाउने बताइएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार  ३ : ५५ बजे