चरिकोट । भीमेश्वर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलको कार्यकक्षमा लगाइएको ताल ‘खासकखुसुक’ रुपमा खोलिएको छ ।
वडा अध्यक्ष र कार्यपालिका सदस्यसहित १३ जनाको टोलिले हस्ताक्षर गरिएको विज्ञप्ती जारी गर्दै लगाएको ताला ‘खासकखुसुक’ रुपमा खोलिएको हो ।
वडा ६ का अध्यक्ष तथा ताला लगाउने टोलिका प्रमुख नविन लामाले बिक्रम कार्कीलाई वैशाख १६ गतेदेखि हाजिर नगराउने गरी हाकिमको कार्यकक्षको ताला खोलिएको जानकारी दिए ।
२०७९ चैत्र १३ गते नगरपालिकाको नवौं कार्यापालिका बठैंकले गरिएको निर्णय उल्टाएर आफू अनकुल काम गरीएको भन्दै वडा अध्यक्ष नविन लामा, स्टालिन श्रेष्ठ, बासु श्रेष्ठ, हिमाल श्रेष्ठ, विनोद तामाङ र कार्यपालिका सदस्यहरु गोपाल बहादुर थामी,मुना श्रेष्ठ,, गोरे बहादुर सार्की, मिना विक, शुसिला थापा, खेम कुमारी श्रेष्ठ, भीम बहादुर भुजेल र किरन वलीले अधिकृतिको कार्यकक्षमा ताला लगाइएको थियो ।
नगरपालिकामा आठौं तहको कर्मचारीको रुपमा विक्रम कार्कीलाई बागमती प्रदेशले सिफारिस गरिएकोमा स्रोत साधनको अभाव भएकाले उनलाई हाजिर नगराउने सर्वसम्मत निर्णय भएको थियो । तर, प्रमुख प्रशासकीय अधिकृतले सो निर्णय उल्टाएर कार्कीको मासिक तलब पठाइको थियो ।
प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल कार्यकक्षमा ताला लागेपछि काठमाडौं आइसकेका छन् ।