चरिकोट । भीमेश्वर नगरपालिका ६ की वडा सचिव लक्ष्मी कार्कीले कम्प्युटर सहायक सरस्वती थापाको नियुक्ति पत्र लुकाएकी थिइन । वडा अध्यक्ष तथा जनप्रतिनिधिलाई जानकारी नदिएर सिधै दराजमा राख्नु भनेको लुकाउनु हो ।
नगरपालिकाले दिएको पत्र निर्वाचित वडा अध्यक्ष तथा सदस्यहरुलाई कुनै जानकारी नदिनु वडा सचिवको गैरजिम्मेवारी मात्रै होइन, नियत गलत देखिएको एक कार्यपालिका सदस्यको दावी छ । सदस्यले भने,‘कस्ले कहाँ के पत्र ल्यायो कसैलाई थाहा थिएन । मात्रै भानु विद्यापतिबाट वडामा काम गर्न पठाएको भन्ने जानकारी थियो । समाचार आएपछि मात्रै सरस्वती जीको नियुक्ति पत्र देखियो ।’

ई भवेन्द्र थापाको विश्वासिलो पात्र वडा सचिव कार्कीले पत्र लुकाएको तथ्यलाई भीमेश्वर मिडिया एण्ड रिसर्च प्रालिले सार्वजनिक गरीएको थियो । बिहीबार वडा अध्यक्ष नविन लामाले सचिव कार्कीसहित अन्य कर्मचारीलाई कार्यकक्षमा बोलाएर स्पष्टिकरण सोधिएको थियो । सचिव कार्कीले आलटाले जवाफ दिएको स्रोतको भनाई छ ।
वडा सचिव कार्कीले सरस्वतीको नियुक्ति पत्र लुकाएको होइन दर्ता गरेर दराजमा राखेको बताईन । तर, अध्यक्षलाई जानकारी होला भनेर भनिन् ।
सचिव कार्कीले कुराकानी गर्दै भनिन्,‘वडा अध्यक्ष ज्यूले सरस्वतीको पत्र कसरी बाहिर लिक भयो भनेर सोध्नु भयो । मैले दर्ता गरेर दराजमा राखेको हो । थाहा भएन भनेर भने।’
यो पत्र तपाईले आफैले लिएर जानु भएको भन्ने छ, खासमा के हो? ‘आलटाल गर्दै मैले लिएर आएको होइन, सरस्वती आफैले लिएर आएपछि दर्ता गरेको हुँ ।’
वडा अध्यक्ष लामाले संक्षिप्त कुराकानी गर्दै भने,‘मलाई थाहा नभएको विषयमा कर्मचारीलाई सोधेको हो ।
अब, सरस्वती थापाले वडामा काम गर्न मिल्छकी मिल्दैन भन्ने प्रश्नमा अध्यक्ष लामाले भने,‘सरस्वती विदामा छ । अब यस्तो नहोला।’
कस्तो नहोला ?
अब, काम गर्न मिल्दैन । अध्यक्षको ठाडो उत्तर थियो ।