१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025

फ्लाई दुवईका कन्ट्री म्यानेजर र एयरपोर्ट म्यानेजरलाई विमानस्थल प्रवेशमा रोक


१२ बैशाख २०८०, मंगलबार  

6
Shares

नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुवईका कन्ट्री म्यानेजर र एयरपोर्ट म्यानेजरलाई विमानस्थलमा प्रवेशमा रोक लगाएको छ।

विना प्रमाण त्रिभुवन विमस्थलमा उडानको क्रममा चरा ठोक्किएको भनी भ्रमपूर्ण सूचना फैलाएकाले प्राधिकणले कारबाही गरेको हो।

कन्ट्री म्यानेजर र एयरपोर्ट म्यानेजरको एयरपोर्टभित्र जाने पास समेत निष्क्रिय बनाइएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले चरा ठोक्किएको प्रमाण नदेखाई भ्रम फैलाउने काम गरेको बताए।

‘फ्लाई दुवईका पाइलटलाई जहाजमा के समस्या आएको हो, प्रमाण पेश गर्न भनेका छौँ’, प्रवक्ता निरौलाले भने, ‘हामीले चरा ठोक्किएको प्रमाण नदेखेकाले फ्लाई दुवईका प्रतिनिधिलाई विमानस्थल प्रवेशमा रोक लगाइएको छ।’

उनले सोमबार राति जहाजमा के भएको हो फ्लाई दुवईले प्रमाण दिएपछि मात्रै पूर्ण जानकारी आउने बताए।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  १० : ५८ बजे