काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री मधुसुदन किराँतीले गाउँमा गाई भैंसी गोठालो बस्नुभन्दा हवाईजहाजको गोठालो बस्न कठिन भएको धारणा राखेका छन् । सोमबार साँझको दुवई एयरमा देखिएको समस्याको विषयमा घुमाउरो भाषा मन्त्री राईले सो धारणा राखेका हुन् ।
मन्त्री राईले सामाजिक सञ्जालमा लेखेका छन्,‘गाउँमा गाई भैंसी गोठालो गरेर आएको मान्छे हुँ, आज शहरमा हवाईजहाजको गोठालो गर्दैछु। गाई भैंसी भन्दा हवाईजहाजको गोठालो गर्न धेरै कठिन रहेछ। आज राति मैले राम्ररी थाहा पाएँ ।
र जहाँ सम्म जहाजमा चरा ठोकिएको हल्ला अहिले सम्म प्रमाणित नभएको कुरा पनि सबैमा स्पष्ट गर्दछु ।
कृपया मेरो सबैमा बिन्ती छ नकरात्मक हल्ला गर्ने बानी हामी सबैले छोडौं ।
‘कागले कान लग्यो भनेर कागलाई खेद्नु भन्दा पहिला आफ्नो कान छाम्नु पर्छ नत्र लडिन्छ’मेरो आमाले भन्नु हुन्थ्यो ।