११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025

भीमेश्वर नगरः कार्यापालिकाको निर्णय उल्टाउने प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताल्चा


१० बैशाख २०८०, आइतबार  

982
Shares

चरिकोट । भीमेश्वर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलको कार्यकक्षमा तालबन्दी गरीएको छ । नगरका मेयर ईश्वर नारायण मान्नधर र प्रमुख प्रशासकीय अधिकृत पौड्लले कार्यपालिकाको निर्णयलाई मिचेर आफू खुसी निर्णय गरिएपछि ताला लगाइएको हो ।

२०७९ चैत्र १३ गते नगरपालिकाको नवौं कार्यापालिका बठैंकले गरिएको निर्णय उल्टाएर आफू अनकुल काम गरीएको जारी विज्ञप्तीमा आरोप छ ।

नगरपालिकामा आठौं तहको कर्मचारीको रुपमा विक्रम कार्कीलाई बागमती प्रदेशले सिफारिस गरिएकोमा स्रोत साधनको अभाव भएकाले उनलाई हाजिर नगराउने सर्वसम्मत निर्णय भएको थियो । तर, प्रमुख प्रशासकीय अधिकृतले सो निर्णय उल्टाएर कार्कीको मासिक तलब पठाइको भेटिएको छ ।

https://fb.watch/k4Vgiqerv2/

नगरपालिकामा आर्थिक व्ययभार पर्ने भएको हुनाले पदस्थापन नगर्ने निर्णय गरिएको वडा अध्यक्ष नविन लामाले जानकारी दिए । तर, कार्यापालिकाको निर्णय उल्टाएर मनोमानी तवरले दस्तखत दुरुपयोग गरी बिक्रम कार्कीलाई तलब दिइपछि कार्यालय प्रमुखको कार्यकक्षमा ताला बन्दी गरिएको अध्यक्ष लामाको भनाई छ ।

विज्ञप्तीको विवरण यस्तो छ :

भीमेश्वर नगरपालिका नगर कार्यापालिकाको नवौं बैठक मिति २०७९ चै त्र १३ गते बसी विभिनन निर्णय गरिएको थियो । सो बैठकमा यस नगरपालिकालाई आर्थिक व्ययभार पर्ने गरी कुनै पनि कर्मचारी नियूक्ति तथा पदस्थापन नगर्ने निर्णय गरिएको थियो । सो निर्णयलाई लत्याउँदै नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले कार्यपालिका निर्णय हटाएर मनोमानी तबरले हाम्रो उपस्थितीको दस्तखतलाई दुरुपयोग गरी अर्कै निर्णय लेखिएकोले सो प्रति हाम्रो धोर भत्र्सना गर्दछौं ।

यस नगरपालिकाको आठौं तहको कुनै दरवन्दी नभएको अवस्थामा अख्तियार दूरुपयोय समेत गरी कार्यापालिकाको सर्वसहमत निर्णयलाई वेवास्ता गर्दै नगरपालिकालाई अनावश्यक खर्च भार पर्ने गरी कर्मचारी पदस्थापना गर्ने कुनियत देखिएकाोले कार्यपालिकाका निम्न सदस्यहरुले सो कार्यको गम्भीर आपत्ति प्रकट गर्दै नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाईएको छ ।

नगरपालिकाले आर्थिक व्ययभार व्यहोर्ने नसकेको सन्दर्भमा विकास खर्च समेत कटौती गरी कर्मचारी थप गरी खर्च बढाउने गरी पदस्थापना गर्न खोजेको कार्य स्वीकार्य हुन सक्दैन । यो अनियमित कार्य नसच्याइ कार्यापालिकाको निर्णय अनुसार कार्य नगरेमा यसबाट सिर्जना हुने कुनै पनि अप्रिय घटना प्रति नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले जिम्मेवारी लिनु पर्ने व्यहोरा समेत ध्यानकर्षण गराउँदै यो प्रेश विज्ञप्ती जारी गरिएको छ ।

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  १२ : २८ बजे