चरिकोट । अनेरास्ववियु गौरीशंकर क्याम्पस कमिटीको आयोजनामा विद्यार्थीको रक्त समूह परिक्षण गरिएको छ । नयाँ वर्ष २०८० को अवसरमा शुभकामना आदान प्रदान गर्दै रक्त समूह परिक्षण गरिएको हो ।
क्याम्पसको प्रांगनमा भएको रक्त परिक्षणमा ८९ महिला र ४२ पुरुष गरी जम्मा १३१ जना सहभागी भएका थिए ।
कार्यक्रममा अनेरास्ववियुका केन्द्रीय सदस्य राजकुमार ढुंगेलले नयाँ वर्ष २०८० सालको शुभकामना दिदै विभिन्न प्रतिभाहरुलाई सम्मान समेत गरेका थिए ।
अनेरास्ववियू, गौरीशकर क्याम्पस कमिटीका अध्यक्ष सुदाम सुवेदीको अध्यक्षतामा भएको थियो ।



