१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025

हिमालयन अनुसन्धान विज्ञान प्रतिष्ठानको भवन अलपत्र


२९ चैत्र २०७९, बुधबार  

98
Shares

बाबुराम शर्मा

भीमेश्वर नगरपालिका–६ झुले भन्ने स्थानमा करोडौँ लगानीमा निर्मित हिमालयन अनुसन्धान विज्ञान तथा प्रविधि प्रतिष्ठानको भवन अलपत्र एवम बेवारिसे अवस्थामा रहेको छ ।

संघको एक करोड ५१ लाख छ हजार २५० रुपियाँमा निर्मित सो भवन उद्देश्य अनुरुप प्रयोगमा आउन नसकेपछि प्रयोगविहीन बनेको बताइएको छ ।

वडाध्यक्ष नवीन लामाले भन्नु भयो, संघबाट बजेट आयो, भवन निर्माण सुरु भएर दुई तलामै थन्किएको छ । तीन तला बनाउनुपर्ने हो । थप बजेट नआएपछि निर्माण पनि रोकिएको छ । कार्यविधि बनाएर सञ्चालन गर्नुपर्ने हो तर प्रक्रिया जटिल बन्दै गएपछि सञ्चालन पनि हुन सकेन । भवन बनेको स्थानमा सरकारी १७ रोपनी जग्गा रहेको छ ।

मध्यकस्तरका जनशक्ति उत्पादन गर्ने थलो बनाउन खोजिएको हो । नगरका पूर्वाधार विकास तथा वातावरण व्यवस्थापन शाखा प्रमुख ई. सुरेश राउतले भन्नु भयो, भवन त बन्यो तर सञ्चालनका लागि बजेट, दक्ष जनशक्ति, स्वीकृतिलगायतका काममा विलम्ब हुन पुग्दा भवन प्रयोगविहीन बन्न पुगेको हो ।

निर्माण भएको भवनलाई प्रयोगमा ल्याउन सम्बन्धित निकाय ( विश्व विद्यालय तथा सिटिइभिटी ) को मापदण्ड अध्ययन गरी प्रस्तावना तयार गरेर सम्बन्धनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय भएको उहाँले बताउनु भयो ।

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार  २ : ५४ बजे