११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025

मेलुङमा स्वास्थ्य योजना तथा बजेट तर्जुमा गोष्ठी


२९ चैत्र २०७९, बुधबार  

18
Shares

चरिकोट । मेलुङ गाउँपालिकाले आव ०७९/८० को लागि स्वास्थ्य योजना तथा बजेट तर्जुमा गोष्ठी सुरु गरेको छ । दुई दिने पालिकास्तरीय स्वास्थ्य गोष्ठी बिहीबार सकिने छ ।

गोष्ठीमा गाउँपालिकाका अध्यक्ष हिरा थोकर, उपाध्यक्ष गायत्री आचार्य, पालिकाभित्रका सबै स्वास्थ्य चौकीका इञ्चार्ज, अनमी, स्वास्थ्य व्यवस्थापन समितिका संयोजक, वडाअध्यक्षहरु र स्वास्थ्य शाखाका टिम सहभागी भएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका प्रवक्ता नवराज खड्काका अनुसार पालिकाका सेवाग्राहीहरुलाई स्वास्थ्य सेवा प्रवाहमा सहज बनाउनका लागि गोष्ठी आयोजना गरिएको हो ।
स्वास्थ्य कार्यालय दोलखाका प्रमुख उत्तमराज खनाल र वान हर्ट वल्र्डवाईड संस्थाका प्रभा गौतमले सहजीकरण गरेका छन् ।

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार  २ : १४ बजे