चरिकोट । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले ४४औ शिक्षक दिवस तथा जिल्ला परिषद भब्य रुपमा मनाएको छ । चरिकोटमा एक औपचारिक कार्यक्रमको साथ उक्त कार्यक्रम मनाएको हो ।
‘गौरवशाली विगत, चुनौतीपूर्ण वर्तमान, लगानी वृद्धिगरी सार्वजनिक शिक्षाको उन्नयन राष्ट्रिय शिक्षा ऐन र सबै तहमा सशक्त सङगठन’ भन्ने मुल नाराको साथ कार्यक्रम गरिएको हो ।
नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका केन्द्रीय सदस्य तथा बागमती प्रदेशका संयोजक शकरलाल श्रेष्ठले दोलखाको शिक्षालाई गुणस्तरिय रुपमा प्रवद्र्धन गर्नका लागि सबैले हातेमालो गर्नु पर्ने धारणा राखेका थिए ।

नेकपा एमाले दोलखाका अध्यक्ष नर बहादु श्रेष्ठले राष्ट्रिय शिक्षक सङ्गठन शैक्षिक क्षेत्रको विकासका लागि शक्तिशाली संगठन भएको बताए ।
जिल्लाकै शिक्षक संगठनहरुको अविभावक संस्था राष्ट्रिय शिक्षक सङ्गठन भएकाले आम शिक्षाप्रेमिलाई गोलबन्द गर्नु पर्ने अध्यक्ष श्रेष्ठको धारणा थियो ।
जिल्लामा देखिएको शैक्षिक विकृति र विसंगति हटाएर विधिको शासन स्थापना गर्नका लागि संगठन प्रतिबद्ध हुन एमाले अध्यक्ष श्रेष्ठको भनाई थियो ।
कार्यक्रममा नेपाल शिक्षक संघका सचिव राजेश बस्नेत, शिक्षा विभागका शान्त बहादुर केसीले सम्बोधन गरेका थिए । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाका अध्यक्ष सन्जीव खड्काको सभाध्यक्षतामा कार्यक्रम भएको थियो ।
